भेरीमा चार जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दियाका तीन जना र दाङका एकजनाको भेरीमा उपचारको क्रममा मृत्यु भएको छ ।
दाङ दंगीशरण गाउँपालिका वडा नं. १ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ । असोज १३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं. १ का ४२ वर्षीय महिलाको मृत्यु भएको छ । असोज १९ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भएको छ ।
बर्दिया राजापुर नगरपालिका वडा नं. ४ का ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।
असोज ८ गते बर्दियामा पीसीआर गरिएका उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो ।
बर्दिया राजापुर नगरपालिका वडा नं. ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४ सय २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !