२१ जनालाई कोरोना संक्रमण
नेपालगञ्ज – बाँकेमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा ९६ जनाको परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएका २१ जनामा १० जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ५९ जनाको परीक्षण गर्दा २० जना र कोहलपुर मेडिकल कलेजमा २३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा ६४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार बाँकेमा तीन जना डिस्चार्ज भएका छन् ।