१५ जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार १५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय १६ जनाको परीक्षण गर्दा १५ जना संक्रमित थपिएका हुन् । थपिएकामध्ये बाँके जिल्ला निवासी ६ जना रहेका छन् ।
भेरी अस्पतालमा ५८ जनाको परीक्षण गर्दा दश जना, कोहलपुर मेडिकल कलेजमा ४३ जनामा दुई जना र बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ ।
बाँकेमा सक्रिय संक्रमित ९० जना रहेका छन् । चार जना सिकिस्त, २३ जना मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !