कोरोना अपडेट : बाँकेमा तीन थपिदा, तीन जना नै डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा ६ जनामा कोरोना पुष्टि भएको छ । ६ जनामा तीन जना बाँके जिल्ला निवासी रहेका छन् ।
यहाँका तीन वटा अस्पतालमा गरिएको परीक्षणमा दुई वटामा कसैलाई कोरोना पुष्टि भएको छैन ।
भेरी अस्पतालमा ४९ जनाको परीक्षण गर्दा ६ जनालाई कोरोना भएको हो । कोहलपुर मेडिकल कलेजमा ४५ जना र बागेश्वरी ल्याबमा १६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्लामा बुधबार तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !