भर्ना गरेकै दिन कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बाँकेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बैजनाथ गाउँपालिका वडा नं. ६ का ४० वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
असोज ९ गते पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो । भर्ना गरिएको राती नै उनको मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३५ पुगेको छ ।