भेरीमा दुई संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ र बर्दिया जिल्लाका एक÷एक जनाको मृत्यु भएको हो ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का ४० वर्षीया महिलाको राती मृत्यु भएको छ । भदौ १३ गते भेरीमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा १५ दिनपछि मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ४५ वर्षका पुरुषको राती १२.३० बजे मृत्यु भएको छ । भदौ १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय ११ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !