दाङका दुई युवक ब्राउनसुगरसहित नेपालगञ्जमा पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज नाकामा दाङका दुई जना ठूलो मात्रामा लागु औषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
दाङ गढवाका करण मल्ल र लमहीका तिमोथी रानामगरलाई नाकामा रहेका प्रहरी सहायक निरीक्षक सन्दीप केसीको टोलीले ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय शहर रुपैडियाबाट नेपाल प्रवेश गरेका उनीहरुलाई जाँच गर्ने क्रममा रानामगरले लगाएको टाउजरको पछाडीको गोजीमा ६ वटा पुडिया भेटिएको थियो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिप्रका पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !