दुई जनाको मृत्यु, एघार जना थपिए

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, रुकुम पश्चिम र दाङका एक÷एक जनाको मृत्यु भएको हो ।
रुकुम पश्चिम काफिकोट गाउँपालिका वडा नं. ९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ २४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरेपछि त्यही दिन नै भेरीम भर्ना गरिएका उनको राती १० बजे मृत्यु भएको हो ।
दाङ लमही नगरपालिका वडा नं. ५ का ६५ वर्षीया महिलाको राती ११.३० बजे मृत्यु भएको छ । भदौ ७ गते दाङमा पीसीआर गरिएका उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा चार सय आठ जनाको मृत्यु भइसकेको छ ।
यता, शनिबार बाँकेमा ११ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा ल्याबमा एक सय ६५ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ५६ जनाको परीक्षण गर्दा ९ जना, बागेश्वरी ल्याबमा ७४ जनामा दुई जनामा कोरोना देखिएको थियो । कोहलपुर मेडिकल कलेजमा ३५ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा अहिले ७९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ७० जना होम आइसोलेसनमा र नौ जना अस्पतालमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !