नेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिका मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहीबार निर्देशिकाको प्रारम्भिक मस्यौदामाथी छलफल भएको छ ।
जिल्ला प्रशासन, अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था, होटल व्यवसायी संघ, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको छलफलमा मस्यौदालाई छिटो भन्दा छिटो अन्तिम रुप दिएर जारी गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाह, माइती नेपाल, नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइराला, अधिकारकर्मी कमला पन्त लगायतले सहजीकरण गर्नुभएको थियो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मनोरञ्जन क्षेत्रमा व्यवस्थित बनाउन जरुरी भएको बताउनुभयो । मनोरञ्जन तथा सत्कार सेवाको
रुपमा रहेका डान्स रेष्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लर, डान्स वार, क्याविन रेष्टुरेन्ट, खाजा घर र होटल ब्यवस्थापन र कार्यरत श्रमिकहरुको हकहितका लागि निर्देशिका ल्याउन लागिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !