२० जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा बिहीबार २० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा १ सय ४५ जनाको परीक्षण गर्दा २० जना थपिएका हुन् । २० जनामा बाँके जिल्ला निवासी ११ जना रहेका छन् ।
भेरी अस्पतालमा ८८ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा ४१ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना पुष्टि भएको छैन ।
जिल्लामा बिहीबार नौ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !