धार्मिक वन हस्तान्तरण
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. २, शमशेरगञ्जमा धार्मिक वन हस्तान्तरण गरिएको छ ।
डिभिजन वन कार्यालयले राप्ती सामुदायिक वन उपभोक्ता समूहले श्री कृष्ण प्रणामी सेवा धार्मिक वन समूहलाई दिएको ६० हजार वन क्षेत्र हस्तान्तरण गरेको हो ।
पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशका सांसद आरती पौडेल, गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले धार्मिक वन हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा अतिथिहरुले हस्तान्तरण गरिएको सामुदायिक वनको उचित संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । शमशेरगञ्जमा गौशाला सञ्चालनलगायतका धार्मिक गतिविधि भइरहेको छ ।