सुर्खेत र दाङका संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सुर्खेत र दाङ जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ३ का ७१ वर्षीय पुरुष र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।
सिम्ताका ७१ वर्षीय पुरुषलाई भदौ १ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको राती १२.२० बजे मृत्यु भएको छ । तुलसीपुरका ५५ वर्षीयको साउन २७ गते पीसीआर गरिएको थियो भने २८ गते भेरीमा भर्ना गरिएको थियो । उनको विहान ५ बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !