कोहलपुरका २४ वर्षीया महिलासहित दुईको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली र बाँकेका एक÷एक जनाको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षीया महिलाको मृत्यु भएको छ ।
कैलालीका ६९ वर्षीय पुरुषको भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो भने त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको राती ८.३० बजे मृत्यु भएको छ ।
कोहलपुरका २४ वर्षीया महिलाको साउन २० गते कोहलपुरमा पीसीआर गरिएको थियो । साउन २३ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । उनको राती ९ बजे मृत्यु भएको छ ।
कोरोनाबाट अहिलेसम्म बाँके निवासी ३ सय २६ र अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आएका ३ सय ९१ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !