कोहलपुरका २५ जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा बिहीबार ६० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा २ सय ५९ जनाको परीक्षण गर्दा ६० जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा एक सय ८२ जनाको परीक्षण गर्दा ५२ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनामा ५ जना र बागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना देखिएको हो ।
६० मध्येमा ३१ जना बाँके निवासी रहेका छन् । त्यसमा कोहलपुर नगरपालिकाका २५ जना, राप्तीसोनारी दुई र खजुरा गाउँपालिकाका एकजना रहेका छन् । बर्दियाका १४ जना र अन्य जिल्लाका १५ जना रहेका छन् । कोरोना पुष्टि भएका १८ वर्ष मुनिका तीन जना रहेका छन् ।
जिल्लामा सक्रिय संक्रमित एक सय ७४ जना पुगेका छन् । जिल्लामा २२ जना सिकिस्त, ३१ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार १५ जना डिस्चार्ज भएका छन् ।