एक सय ५७ मा ३१ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा सोमबार ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ५७ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
भेरी अस्पतालमा ७९ जनाको परीक्षण गर्दा १९ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनामा आठ जना र बागेश्वरी ल्याबमा २९ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये बाँके निवासी १६ जना रहेका छन् ।
बाँकेमा सक्रिय संक्रमित एक सय ४२ जना पुगेका छन् । २१ जना सिकिस्त, २९ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबार ९ जना डिस्चार्ज भएका छन् ।