संभावित जोखिम न्यूनीकरणका लागि अभिमुखीकरण
बर्दिया – माइती नेपाल, बर्दियाले मधुवन नगरपालिका र बढैयाताल गाउँमा मानब बेचबिखन तथा ओसारपसारबिरुद्धको संभावित जोखिम न्यूनीकरणका लागी एक दिवसीय कार्यक्रम गरेको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख एवं न्यायीक समितिका संयोजक सुवरानी थारुले मानव बेचबिखन तथा ओसारपसार एक सामाजिक अपराध एवं मानवीय सम्बेदनासित जोडिएको बिषय भएकाले मानब बेचबिखन तथा ओसारपसारकोबिरुद्धमा सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, बेचबिखन तथा ओसारपसार साझा समस्या हो । हामी माइती नेपाललगायत सबै संघ संस्थासँग मिलेर बेचबिखनविरुद्ध काम गर्न तयार छौ ।’
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले बर्दिया नाका पनि मानव बेचबिखन तथा ओसारपसारमा बढी प्रयोग भइरहेकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले मानब बेचबिखन हामी सबैको साझा समस्या भएकाले माइती नेपालसँग समन्वय गरेर समुदाय स्तरमा समेत जनचेतनामुलक अभियान सञ्चालन गर्ने, जोखिमपूर्ण अबस्थामा रहेका महिला तथा बालबालिका किशोरीलाई तालिमको ब्यबस्था गर्ने, आत्मनिर्भर हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सहभागी किशोरहरुले कार्यक्रमले आफुहरुलाई सचेत रहन प्रेरणा मिलेको र आफुहरुले सिकेका र बुझेका कुराहरु साथी, घर परिवार र समाजमा बताउने बताए ।
सहभागीहरुलाई उक्त बिषयसँग सम्बन्धित भिडियो समेत देखाइएको थियो । पछिल्लो समयमा बालबालिका माथी ब्यबसायिक यौन शोषणको घट्नाहरुमा बिभिन्न किसिमका चुनौतीहरु आएको हुनाले यस्तो कार्यक्रमहरु बढाइएको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले बताउनुभयो ।
कार्यक्रममा सहभागी किशोरीलाई माइती नेपालले गरेको कामको बारेमा र मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु दलालले अपनाउने तौर तरिका, बेचबिखनका प्रयोजन र कानुनी ब्यबस्थाको बारेमा सहजीकरण जानकारी दिइएको थियो ।
मधुवन नगरपालिकाको ९ वटै वडाबाट २० जना किशोरी र बढैयाताल गाउँपालिकाका ९ वटै वडा बाट २१ जना गरी ४१ जना किशोरीको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख सुवरानी थारु, महिला बालबालिका शाखाकी प्रमुख इन्द्रा चुनार र बढैयाताल गाउँपालिकाका उपाध्यक्ष्य दिपाकुमारी गौतम र बढैयाताल गाउँपालिका वडा न.ं ६ का वडा अध्यक्ष रामहर्ष थारुको उपस्थिति रहेको थियो ।