२१ जना थपिदा बाँकेका ११ जना
नेपालगञ्ज – बाँकेमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा एक सय ३९ जनाको परीक्षण गर्दा २१ जनालाई कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी ११ जना रहेका छन् ।
भेरी अस्पतालमा ६० जनाको परीक्षण गर्दा ११ जना, कोहलपुर मेडिकल कलेजमा ५६ जनामा ६ जना र बागेश्वरी ल्याबमा २३ जनाको परीक्षण गर्दा ४ जनालाई कोरोना देखिएको हो ।
जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ३२ पुगेको छ । अस्पतालमा १७ जना सिकिस्त, २३ जना मध्यम र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जिल्लामा शनिबार सात जना डिस्चार्ज भएका छन् ।