राप्तीसोनारीमा प्रशासनिक लिंक रोडको डीपीआर

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले लालपुर–चिलरिया जोड्ने प्रशासनीय लिंक रोड बनाउने तयारी गरेको छ ।
वडा नं. ७ मा पर्ने लालपुरबाट गाउँपालिकाको कार्यालय अगैया पुग्नका लागि ४२ किलोमिटरको यात्रा गर्नु पर्दछ ।
वडा नं. ७ का जनतालाई गाउँपालिका आउन सहज होस् भन्ने हेतुले प्रशासनीय लिंक रोड बनाउन थालिएको हो । रोडको डीपीआर शुरु गरिएको छ ।
यो प्रशासनिक लिंक रोड बनेमा लालपुरका जनतालाई गाउँपालिका कार्यालय आउन २६ किलोमिटर कम हुने स्थानीय बासिन्दा देवबहादुर खाँडले जानकारी दिनुभयो । प्रशासनीय लिंक रोड वडा नं. ७ बाट वडा नं. ५ को सीमाना चिलरियासम्म आइपुग्छ ।


अहिले यहाँ गोरेटो बाटो छ । आधासम्म राम्रो भएपनि आधा बिग्रिएको छ । करिव १२ किलोमिटरमा काम गर्नु पर्ने देखिन्छ । ५० लाखको लागतमा १२ किलोमिटर बनाउन डीपीआर गरिएको छ ।
राप्तीसोनारीको भूभाग ठूलो रहेको छ । भूभाग ठूलो भएकाले टाढाका जनतालाई गाउँपालिकामा आउन दुःख भएको भन्दै गाउँ सभामै पालिका टुक्राउने प्रस्ताव गरिएको थियो । यहीलाई मध्यनजर गरेर प्रशासनिक लिंक रोडको अवधारणा अघि सारिएको छ । प्रशासनिक लिंक रोडले जनतालाई पालिका कार्यालयमा पुगेर काम गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !