२३ वटै वडामा भेरोसेल खोप दिदै
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीसँंग अन्तरक्रिया गरेको छ ।
नेपालगञ्जका २३ वटा वडामा आइतबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दिइदै छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले लक्षित ब्यक्तिले सहज तरिकाले खोप पाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप अधिकृत भेषराज शर्माले भेरोसेल तथा जोनसन खोपको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले खोप कार्य ब्यवस्थित सञ्चालन गर्न सुझाव दिनुभयो ।