सत्तीगाउँका ५० परिवारलाई २५ सय नगदसहित राहत बितरण

टिकापुर- माइती नेपाल, नेपालगञ्जले कैलालीको टिकापुर नगरपाकिाल वडा नं–८, सत्ती गाउँका ५० परिवारलाई राहत बितरण गरेको छ । सत्ती गाउँका महिला तथा बालबालिका लक्षित गर्दै माइती नेपालले आइतबार ५० परिवारलाई नगदसहित खाद्यन्न राहत बितरण गरेको हो ।
राहत बितरणमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले हालसम्म यो समुदायमा यत्रि धेरै मात्राको सहयोग पहिलो पटक भएको बताउनुभयो । माइती नेपालले सधैं महिला तथा बालबालिका लक्षित कार्यक्रम गर्दै आएको र यो समुदाय लक्षित राहत बितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । उहाँले दुःखी चेलीका लागि आखिर माइती नै रहेछ र माइतीको वास्तविक्ता व्यक्त गर्नुभयो ।
उक्त गाउँमा दैनिक ज्यालादारी गर्ने, यौन शोषणमा परेका, बिभिन्न रोगबाट ग्रसित, अपाङ्गता भएका, अभिभावक बिहिन र बादी समुदायका महिला तथा बालबालिका गक्षित गरी ५० घरपरिवारलाई राहत बितरण गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।
संयोजक कोइरालाले हरेक प्रकारको शोषण बिरुद्ध सधै सक्रिय रहेको उल्लेख गर्दे बिभिन्न कारणले पछि परेकाको समेत हकहितका लागि माइती नेपालले सहयोग गर्दै आएको कुरा राख्नुभयो ।
प्रत्येक परिवारलाई चामल २५ किलो, दाल २ किलो, खाने तेल २ लिटर, च्यूउरा २ किलो, चना २ किलो, केराउ २ किलो, नून १ प्याकेट, चिनी २ किलो, चियापत्ती १ प्याकेट र सोयाबिन १ किलो सहित नगद दुई हजार पाँच सयका दरले राहत बितरण गरिएको हो । निरन्तरको निषेधाज्ञाका कारण समस्यामा परेका परिवार राहत पाएपछि आफुहरुलाई केही धेरै राहत हुने प्रतिक्रिया दिए ।


error: यो सुविधा उपलब्ध छैन !