लुम्बिनी खेलकुदको सदस्य सचिवमा भीम वली
नेपालगञ्ज – लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा भीम वली नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्रालयले वलीलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।
मध्यपश्चिम खेलकुद विकास समिति क्षेत्र नं. ५ लुम्बिनी प्रदेशको अध्यक्ष भइसकेका वलीलाई प्रदेश सरकारले सदस्य सचिव नियुक्त गरेको हो । वली अध्यक्ष रहेको बेला नै नेपालगञ्जमा केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।