१५ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ३१ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएकामध्ये ५ जना बाँके निवासी हुन् ।
भेरी अस्पतालमा ७९ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा चार जना र बागेश्वरी ल्याबमा १८ जनाको जाँच गर्दा एक जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा ६४ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १३ जना सिकिस्त, १९ जना मध्यम र तीन जना भेन्टिलेटरमा रहेका छन् । बिहीबार चार जना डिस्चार्ज भएका छन् ।