टिकटकमा डिजिटल जवानी

अहिलेको टिकटक एपमा भाइरल भइरहेको नेपाली युवा, केटाकेटी र बुढाबुढीले भिडियोमा आफ्नो नदेखाउने अंग समेत देखाउन पछि हटिरहेको छैनन् । केही दिन यता टिकटक एपको नेपालमा बढ्दो रुची र डर लाग्दो विकृतिले हाम्रो सामाजमा धेरै प्रकारको विकृति फैलिरहेको देख्न सकिन्छ । टिकटक एपमा कुनै प्रकार प्राइवेसीलाई स्याकुवर गर्ने अर्थात फिल्टर गर्ने प्रक्रिया नरहेकाले सजिलै हाम्रो समाजमा विकृति बढ्दो छ ।
बच्चा तथा युवाहरुले यस्तो कार्यहरु गर्दै छन्, जसको आशा यिनीहरुसँग थिएन । यो ऐपको माध्यमलाई उनीहरुले यो बुझिरहेका छन् की मेहनत नगर्दै कसरी ठुमका लगाएर, आँखाहरु मटकाएर र शरीरका अंगहरु देखाएर बढी भदा बढी लाइक्स, कमेन्ट र शेयर जुटाउन सकिन्छ, पैसा कमाउन र फेमस हुन सकिन्छ ।
स्मार्ट फोनले पहिलैं नै लगभग सबैलाई बर्बाद बनाएकै थियो । अलिकति जुन कसर बाँकी थियो त्यो कसर यस टिकटाक जस्तो ऐपले पूरा गर्दियो ।.अहिले यो ऐपले हाम्रो समाजमा विकृति फैलाउँदै आइरहेको छ । हाम्रो सामाजका युवा पुस्ताले आफ्नो अमुल्य समय यस प्रकारको ऐपमा बर्बाद गर्दै छन् ।
वर्तमान समयमा देशमा लगभग सबैं जना टिकटकमा भिडियो बनाउनमा लागिपरेका छन् । पहिला पहिला यस ऐपमा युवाहरुले भिडियो बनाउने गर्दथें, तर बिस्तारै समय बित्दैं जादा अधिक मानिसहरुलाई यस ऐपको विषयमा जानकारी हुँदै गयो र अहिले वर्तमान समयमा बच्चाहरु सँगै उनीहरुको बुवा–आमाले समेत मिलेर आफ्नो कलाको प्रर्दशन गर्न थालेका देख्न सकिन्छ ।
युवाहरुको जोशको बारेमा के भन्न सकिन्छ भने उनीहरु त नयाँ नयाँ कुराहरु ट्राय गर्न सौकिन हुन्छन्् तर हेर्ने लायक कुरा कें छ भने साना–साना विद्यार्थी भाइबैनीहरुले पनि अपशब्द प्रयोग गर्दै भिडियोहरु बनाइरहेका छन् । जसको अर्थ पनि उनीहरुलाई थाहा हुँदैन । र कमेन्टमा सो क्यूट, क्या दामी, बबाल ईत्यादी जस्तो कमेन्ट गर्दछन् । यसप्रकारको भिडियोले गर्दा समाजमा विकृति सँगै हिंसा, जघन्य अपराध उत्पन्न गर्न सक्दछ ।
कमेडी भिडियो भने पछि जे नि भन्न र गर्न सकिन्छ, कमेडीको नाममा अश्लिल शब्दहरु प्रयोग गर्ने गर्दछन् । यसलाई हेर्न टिकटक मात्र नभएर यसलाई अन्य सोसल मिडियामा पनि अपलोड गरिने गरिन्छ । कमेडी को नाममा जे पनि फोहोर अश्लिल भिडियो अपलोड र लाइक, कमेन्ट र शेयर गर्ने गर्दछन् । मलाई यस्तो भिडियो हेरे हाँसोको सट्टा रिस मात्र उठ्छ र मनमा तत्काल यस्तो प्रश्नहरु आउँछ कि यस्तो भिडियो बनाउने लगायत यसलाई शेयर गर्नेवालाहरु कहाँ सम्म सोच्न र बुझ्नेको स्तर कस्तो प्रकार होला । कमेडीको नाममा अश्लीलता र फोहोरता फैलाउनमा मजा कसरी आउँछ होला ?
आफ्नो मजाक बनाउने सम्म त ठिक छ तर टिकटकमा यस्तो भिडियोको पनि कमी छैन जहाँ अजिब किसिमका फिल्टर प्रयोग गरि सार्वजनिक ठाउँमा भिडियो सूट गरि हाल्छन् र मानिसहरुलाई अनवश्यक रुपमा देखाउने प्रयास गर्दछन् । ती मानिसहरु बुझ्न नि सक्दैनन् कि कसैले उनीहरुको भिडियो बनाइरहेका छन् ।
हाम्रो देशको केटीहरु कति प्रगति गर्दैछन् र कति स्वतन्त्र एवं सशक्त छन् भन्ने कुरा टिकटकमा राम्ररी सुन्न र हेर्न सकिन्छ । यो फिल्मी गीतहरुमा जुन प्रकारले भाव दिंदै छन्, आप्mनो फिगर देखाँउदैं छन्, ठूमका लगाउँदैं छन् र गम्केर हिडेर देखाउँछन् त्यो सब हेरेर अलिकति पनि लाग्दैन की यिनीहरुलाई कुनै प्रकारको समाजको डर पनि लाग्छ होला । अहिले चलेको टिकटक ट्रेण्डले महिला दिदी बहिनीहरुले कसरी राम्रो देख्ने हो भनेर जे पनि गर्न तयार देखिन्छन्, किन की लाइक्स, कमेन्ट र शेयरको सवाल छ ।
केही लाइक्सको लागि आफ्नो मजाकको पात्र बन्न पनि पछि हटिरहेका छैनन् महिला दिदी बहिनीहरु ।
टिनेजर्स जो आफ्नो भविष्य बनाउनको लागि स्कुल, कलेजमा पढ्दै पनि होलान् तर यिनीहरुको भिडियो हेरेर यिनीहरुको भविष्यको कल्पना पनि गर्न सकिन्छ । माफ गर्नुहोस् यी बच्चाहरु र युवाहरुले जे नगर्नु पर्ने त्यो सबै कुरा गरिरहेका छन् । जसको यिनीहरुसँग आशा थिएन । यो ऐपको माध्यमले वर्तमान पिढीलाई यो सम्झमा आइरहेको छ की बिना मेहनत, कसरी ठुमका लागएर, आखाँहरुलाई मटकाएर, शरीरका अंगहरु देखाएर बढी भन्दा बढी लाइक्स, कमेन्ट र शेयर जुटाउन सकिन्छ एवं यो ऐपको माध्यमले कसरी पैसा कमाउन सकिन्छ भनेर टिकटकले यसको लागि पैसा पनि दिँदो रहेछ । यसै कारण सबै जना अफ्ना करियर बनाउन यसै ऐपमा डेरा जमाएर बसिरहेका देख्न पनि सकिन्छ । तर के यसरी नै भविष्य बन्छ त ?
अश्लील सामग्री यति छन् की भन्ने नि के । लिप–सिंक्ड भिडियो र म्यूजिक भिडियोको अलावा तपाई यहाँ द्विअर्थी संवादहरु भएकोे भिडियो र अश्लील चुटकिला एवं शब्दहरु प्रयोग भएको सुन्न सकिन्छ । र साथै यस प्रकारको ऐपमा एडल्ट कन्टेन्ट प्रसारित गर्नुमा कुनै प्रकारको रोक टोक पनि छैन ।
टिकटकलाई एक प्रकारको बिमारी वा महामारी पनि भन्न सकिन्छ । यस प्रकारका बिमारी अथवा महामारीले हाम्रो देशमा गतवष देखि टिकटक यूजर्स दैनिक रुपमा बढदै गएको हेर्ना सकिन्छ । यस प्रकारको ऐप माथि लगाम लगाउन अति अवश्यक देखिन्छ । हजारौं युवा–युवतीहरु आफ्नो अमूल्य समयलाई यस ऐपमा बर्बाद गर्दै छन् । युवा पिढीले यस प्रकारको ऐपको बिरोध गरि आफ्नो भविष्यलाई सुरक्षित र एक नयाँ दिशा दिन अति आवश्यक देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !