टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

नेपालगञ्ज – टिभीएस मोटर कम्पनी, विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माताले बुधबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंँग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।
नेपालगञ्ज कारकाँदोस्थित कम्पनीको अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ कम्पनीको शो रुममा पनि नेपालमै पहिलो ब्लुटुथ कनेक्टेड स्कूटरको बिक्रीको वरिष्ठ पत्रकार पूर्णलाल चुके र कम्पनीका सञ्चालक रणबहादुर शाहीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।
उक्त अवसरमा प्रमुख अतिथि चुकेले नेपालगञ्जका युवा व्यवसायीहरुको समूहले गत वर्षको कार्तिक महिनामा सञ्चालन गरेको व्यवसायिक प्रतिष्ठानले बजारमा नयाँ मोडेल र सुविधायुक्त अत्याधुनिक स्कुटरको बजारीकरणमा सफलताको कामना गर्नु भयो ।
कम्पनीका अध्यक्ष विशाल श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा कम्पनीका प्रवन्धक विजय चापागाईले सुपरस्क्वाड संस्करणको विशेषताका बारेमा प्रकाश पार्दै उक्त स्कुटरमा आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् भन्दै यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने जानकारी दिनु भयो ।
नेपालको प्रमुख बिक्रेता टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसले देशभर एकै पटक बुधबार शुभारम्भ गरेको हो । काठमाडौंमा भएको कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले ‘टिभीएस एनटर्क १२५ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंगप्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीलरहामी मार्भलयूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जर्सबाट प्रेरित सुपरस्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपरस्क्वाड संस्करण ब्लकबस्टर हुने बताउनु भयो ।
जेएमपीएलका प्रवन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादनको सार्वजनिक गर्दै हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो ।नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रियटिभीएस एनटर्क १२५को लागि ‘वाहुफ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्ने बताउँदै सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड र स्पीडोमिटर मुनि राखिएको बताउनुभयो ।
उक्त स्कुटर ब्ल्याक प्यान्थरबाट प्रेरित विविध रङको साथ जेट ब्ल्याक रंगमा डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू रहेका छन् । सरगर्मीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले बकान्डाको सदाबहार सिग्नेचरसलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !