ओशोको भाइ डा.शैलेन्द्र नेपालगञ्ज आउदै
नेपालगञ्ज – ओशो जीवन जागृति केन्द्र, नेपालगञ्जले एक दिवसीय ध्यान सतसङ्ग शिबिर आयोजना गर्ने भएको छ ।
‘ध्यान नै जीवन हो, ध्यान बिना जीवन अपुरो छ’ भन्दै ओशो धारा मैत्री संघ चितवनका संरक्षक आचार्य श्री मैत्रय बाबाको पहलमा ओशोका आफ्नै भाइ गुरुदेब डा. शैलेन्द्र सरस्वतीको उपस्थिति हुन लागेको हो ।
माघ ३ गते दुई घन्टा ध्यान सतसङ्ग हुनेछ । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्व निकै गहन छ । जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अङ्ग्रेजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी, भाव तथा दृष्टा भाव भन्ने गरिन्छ । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो, जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा मन मस्तिष्क शान्त बनाउन र आत्म आनन्दका लागि प्रयोग गरिन्छ भन्ने विविध प्रयोग पनि त्यो ध्यान सत्सङ्ग कार्यक्रममा हुनेछ ।
ओशो जीवन जागृती ध्यान केन्द्र, नेपालगञ्जका उपाध्यक्ष हेमन्तराज काफ्लेका अनुसार, सतसङ्ग शिविर निशुल्क हुनेछ ।