प्रहरी बनेर मोटरसाइकल चोरी
नेपालगञ्ज – कोहलपुरमा अनौठो तरिकाले मोटरसाइकल चोरी हुन थालेको छ ।
प्रहरी हुँ भनेर कागजपत्र माग्ने र कागजपत्र देखाउन नसक्ने व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर भाग्ने गरिएको छ । भन्न त, कागजपत्र नहुनेलाई भोली कागजपत्र लिएर आई मोटरसाइकल लैजान भनिने गरिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले सचेत हुन अपिल गरेको छ ।
दुई जना डाक्टर हेलिप्याड नजिक बसिरहेको बेलामा आएका युवाले कागजपत्र मागेको र छैन भनेपछि मोटरसाइकल लिएर गएपछि यस्तो घटनाको पर्दाफास भएको हो । इलाका प्रहरी कार्यालय, कोहलपुर सार्वजनिक सूचना जारी गर्दै मोटरसाइचल जाँचको नाममा कागज माग्दा प्रहरी हो कि होइन यकिन गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार, दुई जना डाक्टरबाट लगेको मोटरसाइकल फेला परेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।