एक सय १८ जनामा ३५ लाई कोरोना

नेपालगञ्ज – बाँकेमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा एक सय १८ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ७० जनाको जाँच गर्दा २९, कोहलपुर मेडिमल कलेजमा २९ जनामा एकजना र बागेश्वरी ल्याबमा १९ जनामा ५ जनालाई कोरोना देखिएको छ । ३५ जनामा चार जना बाँके जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा ४४ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १२ जना सिकिस्त, २५ जना मध्यम र ३ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !