एसओएस दिवसमा स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपालगञ्ज – एसएसओएस युवालय नेपालगञ्ज तथा सो संस्थाका युवा क्लबले संयुक्त रुपमा कोभिड प्रतिकार्यका लागि जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
३५ औं अन्तर्राष्ट्रिय दिवस (जुन २३) को अवसर पारेर एसओएसले सो सामाग्रीहरु मंगलवार हस्तान्तरण गरेको हो ।
प्राप्त समाचार अनुसार एसओएस युवालय नेपालगञ्ज तथा सो संस्थाका युवा क्लबले संयुतm रुपमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई सय थान पीपीई गाउन र ५० लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो ।
एसओएस युवालयका नायव निर्देशक तुलाराम विश्वास, उपनिर्देशक मीना भुसाल तुलाधर लगायतले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै सहायक जिल्ला प्रमुख शंकर विष्टले एसओएस बालग्रामले गरेको मानवीय कार्यको प्रशंसा गर्दै राज्यको भार बहन गरी दिएकोमा संस्थालाई धन्यवाद दिंदै स्थानीय सरोकार सम्पूर्ण निकायले संस्थामा हुर्केका तथा हाल संरक्षणमा रहेका युवायुवतीहरुको स्थानीय निकायले गर्नुपर्ने सम्पूर्ण दायित्व निर्वाह गर्ने आश्वासन दिंदै सक्दो सहयोग गर्ने बाचा गर्नु भयो । उहाँले संस्थाले गरेको कार्यको मनन् गर्दै यस संस्थाका संस्थापक प्राध्यापक डा. हर्मन माईनर प्रति आभार प्रकट गर्दै उहाँप्रति नसमस्तक भई प्रशंसा जति गरे पनि कम हुने विचार व्यक्त गर्नुभयो । विष्टले यस मानवीय कार्य सम्पूर्ण विपतमा परेका बालबालिकालाई लक्षित गरी अभिभावकीय जिम्मेवार बहन गरी माया ममताका साथ पारिवारिक पद्दतिमा आधारित रही नेपालका विभिन्न भेगका बालबालिकाहरुको भविष्यलाई उज्वल बनाउने कार्य प्रति श्रद्धासुमन प्रकट गर्नु भयो ।
एसओएस युवालयका नायव निर्देशक विश्वासले एसओएस बालग्रामको उद्देश्य तथा संस्थाका गतिविधि तथा चुनौती बारे संक्षिप्त रुपमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा एसओएसका युवा क्लबका अध्यक्ष अनिता शाहीले संस्था तथा युवाक्लबको यो सहयोगको उपयोगिता बारे प्रकाश पार्दै सहायक प्रमुख जिल्ला अधिकारी विष्ट, विपद् व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतलाई एसओएसको मायाको चिनोको लोगो अकित कप तथा कि रिङ्ख प्रदान गरेका थिए । सो अवसरमा एसओएसका सहायक निर्देशक मिना तुलाधर, सिनियर काउन्सलर लक्ष्मणबहादुर कार्की , संस्थाका संरक्षणमा रहेका युवाहरु अनिताशाही, अंजली राजी, सीता शाही, सरस्वती नेपाली, सुरज ओली, विशाल सुनार तथा किशोर सिंहको उपस्थिति रहेको थियो ।
यसैगरी एसओएसले मास्क बैंकलाई ३ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
एसओएस युवालयका नायव निर्देशक तुलाराम विश्वास, उपनिर्देशक मीना भुसाल तुलाधर, वरिष्ठ मनोपरामर्शदाता लक्ष्मण कार्की लगायतले मास्क हस्तान्तरण गरेका थिए । मास्क हस्तान्तरणमा एसओएस युवा क्लबका दिपा सापकोटा, दुर्गा धामी, स्मृति चौलागाई, ईन्द्र बुढा, विकास शाही र नमन नेपालीको उपस्थिति रहेको थियो ।
एसओएसका संस्थापक डाक्टर प्राध्यापक हर्मन माइनरको जन्म जयन्तिको अवसरमा विश्वभर एसओएस दिवस मनाइन्छ । १९८६ जुन २३ देखि यो दिवस मनाउन थालिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल, बाँकेका अध्यक्ष नमस्कार शाह, डिओसी बाँकेकका अधिकृत रुपन ज्ञवाली, एसओएस युवालयका वरिष्ठ मनोपरामर्शदाता लक्ष्मण कार्की, एसओएस युवा क्लबका अध्यक्षद्वय अनिता शाही र सुरज ओली, सदस्यहरु अञ्जली राजी, सीता शाही, किशोर सिंह लगायतको उपस्थिति रहेको थियो ।