संक्रमण घट्यो, अस्पतालका बेड खाली भए

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमण दर घट्दै जादा कोरानाका लागि छुट्याइएका अस्पतालका बेडहरु खाली भएका छन् ।
जिल्लाका अस्पतालहरुमा कोरोनाका छुट्याइएको ७९ प्रतिशत बेड खाली भएको कोभिड फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो । बाँकेका साना ठूला चार वटा अस्पतालले कोरोनाको लागि बेड छुट्याएका थिए । अस्पतालहरुले छुट्याएका ३ सय ६१ बेडमध्येमा २ सय ७१ बेड खाली भएका छन् ।
भेरी अस्पतालको दुई सय बेडमा एक सय २५ बेड खाली भएको छ । त्यहाँ ६० जना विरामी छन् । १८ जना सिकिस्त छन् । कोहलपुर मेडिकल कलेजमा एक सय ३० बेड छुट्याइएकोमा एक सय १६ बेड खाली भएको छ । १४ जना विरामी छन् । ८ जना सिकिस्त छन् ।
वेष्टर्न अस्पतालमा १६ बेडमा १५ बेड खाली भएको छ । युनाइटेड अस्पतालमा १५ बेड छुट्याइएकोमा सबै खाली भएको छ ।
यसैबीच, बिहीबार जिल्लामा ३२ जनालाई कोरोना पुष्टि भएको छ । तीन वटा ल्याबमा एक सय ४१ जनाको परीक्षण गर्दा ३२ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकोमध्ये ११ जना बाँके जिल्लाका हुन् ।
जिल्लामा परीक्षण दर घट्दै जादा अस्पतालहरु खाली हुँदै गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !