बाँकेमा ५० जना सिकिस्त विरामी

नेपालगञ्ज – बाँकेका अस्पतालहरुमा कोरोनाका ५० जना सिकिस्त विरामी रहेका छन् ।
कोरोनाबाट मृत्यु, संक्रमण दर र परीक्षण नै घटेको छ । धेरैजसो लामो समयदेखि उपचार गराइरहेका र केही नयाँसहित ५० जना सिकिस्त विरामी बाँकेमा रहेका छन् । अस्पतालहरुमा एक सय २० जनाको उपचार भइरहदा ५० जना सिकिस्त रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
फोकलपर्सन वलीका अनुसार, मध्यम खालका ४४ र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाँकेमा २ सय २४ जना होम आइसोलेसनमा रहेका छन् ।
शुक्रबार राती बाँकेमा कसैको मृत्यु नभएको फोकलपर्सन वलीले जानकारी दिनुभयो । जिल्ला भित्र वा बाहिरी जिल्लाबाट उपचार गराउन आएका व्यक्तिको रातीमा मृत्यु हुने गरेको थियो ।
बाँकेमा अहिलेसम्म ३ सय ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा ३ सय ३२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !