कोरोना महामारीमा रेरीको सहयोग

नेपालगञ्ज – कोरोना नियन्त्रण तथा प्रतिकार्यका लागि भन्दै रारा मानवीय तथा वातावरण्ीय बिकास प्रयास (रेरी) ले कोरोना संक्रमित र कोरोना आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने एक करोड बढीका स्वास्थ्य समाग्री सहयोग गरेको छ ।
बाँके, बर्दिया, दाङ, सल्यान, कैलाली, कञ्चनपुर जिल्लाका अस्पतालले सञ्चालन गरेका आइसोलेसनदेखि स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन केन्द्रका लागि एक करोड बीस लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पीपीई, मास्क, सेनीटाइजर सहयोग गरेको हो ।
कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न मानवीय सहयोग गर्ने उद्देश्यले रेरीले आफ्नै आन्तरिक कोष, बिभिन्न संघ संस्था र बिदेशबाट सहयोग संकलन गरि ६ जिल्लाका बीस बढी आइसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
रेरीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस भवनमा खजुरा गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई एक थान कन्सन्ट्रेटर, ५ थान अक्सिमिटर र पीपीई ६२ थान गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिमार्फत हस्तान्तरण गरेको छ ।
दाङदेखि कञ्चनपुरसम्मका ६ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै बाँकेको भेरी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी र उनीहरुका कुरुवाकालागि दिवा खाजा बैंक स्थापना गरर सहयोग गरेको छ । खाद्य बैंक समेत स्थापना गरि कोरोना महामारीको चपेटामा परेर खान नपाएकालाई घरमै गएर खाद्य सामाग्री समेत दिदै आएको छ ।
रेरी बाँकेले पहिलो चरणको कोरोना संक्रमणको अवस्थादेखि दोस्रो चरणको अवस्थामा बिभिन्न संघ संस्था र बिदेशमा रहेका ब्यक्तिको सहयोगमा प्राप्त रकमबाट भेरी अस्पतालमा दिवा खाजादेखि बाँकेकै चिसापनीमा खाद्य बैंक स्थापना गरेर सहयोग उपलब्ध गरेको हो ।
कोरोना नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य क्षेत्र हातेमालो गर्दै दाङदेखि कञ्चनपुरसम्मका ६ जिल्लामा रहेका अस्पताल र स्वास्थ्यचौकीहरुमा करिब २० थान अक्सिजन कन्सन्ट्रेटर, ६ सय २२ पीपीई सेट र २ सय बढी अक्सिमिटर बितरण गरिएको छ ।
रेरीले सहयोग गरेको एक थान र जिल्ला प्रशासन कार्यालय बाँकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर सहित अब खजुरा आइसोलेसन केन्द्रमा २ थान अक्सिजन कन्सन्ट्रेटर थपिएकोमा रेरीलाई धन्याद दिदै कोरोना संक्रमणको तेस्रो भेरिन्टको लागि पूर्व तयारीमा जट्ने खजुरा गाउँपालिका प्रमुख कक्षपतिले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !