साहु समाजद्वारा रक्तदान

नेपालगञ्ज – साहु समाज समिति बाँकेको आयोजनामा शनिबार रक्तदान गरिएको छ ।
कोरोना महामारीमा रगतको अभाव भरहेको अवस्थामा साहु समाजले वडा नं ५ स्थित राधाकृष्ण मन्दिर परिसरमा सुरक्षा मापदण्डसहित रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
साहु समाजका अगुवाह तथा युवा सर्वसाधारणले रक्तदानमा सहभागिता जनाएका छन् ।
१ सय ५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यको प्रमुख अतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रमका संयोजक प्रदिप साहुले महामारीको विषम परिस्थितिमा रगतको अभाव नहोस् भनेर मानव सेवाका लागी रक्तदान गरिएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !