संक्रमित र डिस्चार्ज हुने बराबर

नेपालगञ्ज – बाँकेमा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटामध्येमा दुई वटा ल्याबको रिपोर्टमा बाँकेका २८ जना संक्रमित थपिएका हुन् । भेरी अस्पतालमा ३ सय १९ जनाको परीक्षण गर्दा ९५ जना र बागेश्वरी ल्याबमा ६२ जनाको परीक्षण गर्दा २० जना संक्रमित थपिएका छन् । दुई वटा ल्याबले ३ सय ८१ जनाको परीक्षण गर्दा एक सय १५ जनामा कोरोना देखिएको हो । त्यसमा २८ जना बाँकेका हुन् ।
बाँकेमा मंगलबार २८ जनाले नै कोरोनालाई जितेका छन् । नौ महिला र १९ जना पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।
जिल्लामा हाल २ सय ९९ जना सक्रिय संक्रमित छन् । ७७ जना सिकिस्त रहेका छन् । ५ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !