बाँकेमा थप तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया र दाङ जिल्लाका रहेका छन् ।
दाङ लमही नगरपालिका वडा नं. ८ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना गरिएका उनलाई ९ गते एन्टिजेन जाँच गरिएको थियो ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ४ का ६१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २० गते एन्टिजेन जाँच गरिएको उनलाई त्यही दिन भर्ना गरिएको थियो । बाँके कोहलपुर नगरपालिका वडा नं. ११ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन जाँच गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !