कोरोनाबाट थप चार जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु प्यूठान, दाङ, रुकुमपश्चिम र सल्यानका रहेका छन् ।
प्यूठान स्वर्गद्वारीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख ३१ गते एन्टिजेट जाँच गरेका उनलाई जेठ ६ गते कोहलपुरमा भर्ना गरिएको थियो । दाङ बंगलाचुली गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १६ गते एन्टिजेट परीक्षण गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. ७ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १९ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो । भनौ गरेको दिन उनको मृत्यु भयो ।
सल्यान शारदा नगरपालिका वडा नं. १३ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १६ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।