निषेधाज्ञालाई निरन्तरता

नेपालगञ्ज – बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिम अझै कायम नै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ ।
बाँकेमा बैशाख १३ गते रातीदेखि निषेधाज्ञा लगाइएको छ । त्यसअघि बैशाख नौ गतेदेखि नेपालगञ्ज एरियामा मात्रै निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा भएपनि विहान ७ देखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल सञ्चालनमा रहने प्रशासनले जानकारी दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !