कोरोनाबाट थप चार जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया र कैलाली जिल्लाका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो । बढैयाताल गाउँपालिका वडा नं. २ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो ।
कैलाली टीकापुर नगरपालिका वडा नं. ८ का ७७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ७० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा २ सय ९४ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय ९० जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !