कोरोनाबाट एमाले नेता थापाको मृत्यु
नेपालगञ्ज – नेकपा एमालेका नेता डम्बर थापाको कोरोनाबाट मृत्यु भएको छ ।
एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटिका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
बैशाख २५ गते पीसीआर जाँच गरेपछि थापा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।
जानकी गाउँपालिका वडा नं. २ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ३ गते अस्पतालमा भर्ना भएका उनको ५ गते पीसीआर गरिएको थियो । उनको दिउँसो २.५० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ९३ जनाको मृत्यु भएको छ ।