बाँकेमा निषेधाज्ञालाई निरन्तरता

नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले उपभोग्य बस्तु बिक्री गर्ने पसल खोल्ने समय बढाउदै बाँकेमा पुनः सात दिन निषेधाज्ञा थपेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २४ गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै बैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा लगाइएको थियो । नेपालगञ्ज क्षेत्रमा बैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।
बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । त्यसैले स्थानीय प्रशासनले विहान नौदेखि १२ बजेसम्म उपभोग्य बस्तु बिक्री गर्ने पसललाई खोल्ने अनुमति दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !