मेयर डा. राणा मतदानमा अनुपस्थित

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि भएको मतदानमा अनुपस्थित भएका छन् ।
विहान नौ बजेदेखि दिउँसो तीन बजेसम्मलाई तोकिएको मतदानमा आफू सहभागी नहुने मेयर डा. राणाले प्रष्ट पार्नुभयो ।
मेयर राणाले भन्नुभयो, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले काँग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’
मेयर डा. राणाले राप्रपाका नेता हुन् । मेयर डा. राणाले भन्नुभयो, ‘एमाले, माओवादी र कांग्रेसको लडाईमा हामीलाई केही स्वाद छैन । केन्द्रको पनि कुनै सर्लुकर छैन ।’
निर्वाचनमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेका बीचमा चुनावी प्रतिस्पर्धा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !