फेरि थपियो निषेधाज्ञा

नेपालगञ्ज – बाँकेमा जारी निषेधाज्ञालाई सात दिन बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो । प्रजिअ गेलालले जेठ १७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहने बताउनुभयो ।
जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रजिअ गेलालले बताउनुभयो । बाँकेमा पाँचौ पटक निषेधाज्ञा बढाइएको छ । जिल्लामा बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसलाई सात-सात दिन गर्दै बढाइएको छ । नेपालगञ्ज एरियामा बैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।
बाँकेमा पछिल्लो दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !