बाँकेमा बर्दिया र दाङका पाँच जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । मृतक पाँचै जना बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दियाका तीन जना र दाङका दुई जनाको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ का ४१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ २ गते भर्ना गरिएको थियो । बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ७ गते कञ्चनपुरमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । बर्दिया गुलरिया नगरपालिका वडा नं. १२ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । दाङ लमही नगरपालिका वडा नं. ४ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ९ गते भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या २ सय ४५ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !