कोरोना संक्रमितको घण्टैपिच्छे मृत्यु
नेपालगञ्ज – बाँकेमा रातभरीमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, गएराती साढे आठ बजेदेखि विहान साढे ६ बजेसम्ममा १५ जनाको मृत्यु भएको छ । मृतकमा सात जना बाँके र आठ जना बाहिरी जिल्लाका रहेका छन् ।
रुकुम पश्चिम सानोभेरी नगरपालिका वडा नं. ११ का ३६ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ३ गते भर्ना गरिएको थियो । उनको गएराती ८.३० बजे मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १२ का ४१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको राती ८.३५ बजे मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ का ८४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ८.४५ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४५ वर्षी पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ९ बजे मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. २ का ५९ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ११.३० बजे मृत्यु भएको छ ।
कैलाली टीकापुर नगरपालिका वडा नं. ११ का ५८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ३ गते भर्ना गरिएको थियो । उनको राती २ बजे मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ का ५८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ३ बजे मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ६१ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको राती ४ बजे मृत्यु भएको छ ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं. १ का २७ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ४ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ६७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती ४ बजे मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको राती ४.१५ बजे मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ का ६३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १९ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । उनको विहान ५ बजे मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको विहान ५.१५ बजे मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । उनको विहान ५.३० बजे मृत्यु भएको छ । कैलाली लम्की चुहा नगरपालिका वडा नं. ५ का ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २९ गते भर्ना गरिएका उनको ३१ गते पीसीआर गरिएको थियो । उनको विहान ६.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरानाबाट २ सय ५३ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय ९ जनाको मृत्यु भएको छ ।