माइती नेपालद्वारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज – माइती नेपाल, नेपालगञ्जले भेरी अस्पताल नेपालगञ्जलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमित जटिल अवस्थाका बिरामीहरुको उपचार केन्द्र रहेको भेरीलाई मंगलबार अस्पताल परिसरमा उक्त स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगरपालिकास्तरीय संरक्षण बिषयगत क्षेत्र समन्वय समितिमार्फत उपमेयर उमा थापा मगरले अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल, समितिका सदस्य सचिव एवं अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभयो ।
माइती नेपाल, नेपालगञ्जका केशव कोइरालाका अनुसार, कोरोना महामारी नियन्त्रण तथा बिरामीको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन सामान प्रदान गरिएको हो । ‘अस्पताललाई माइती नेपालले प्रदान गरेको स्वास्थ्य सामाग्री प्रयाप्त त छैन, संयोजक कोइरालाले भन्नुभयो, तर थोरै थोरै सबै क्षेत्रले सहयोग गर्ने हो भने यो बिपतीसँंग सामाना गर्न अस्पताललाई सहज हुन्छ ।’
स्वास्थ्य सामाग्रीमा पिपिई २० थान, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस, सेनिटाइजर १२ लिटर, सर्जिकल ग्लब्स ६ प्याकेट रहेको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलगायतको उपस्थिति रहेकोे थियो ।


error: यो सुविधा उपलब्ध छैन !