थप पाँच जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा आज साढे ५ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विहान साढे ८ देखि दिउँसो २ बजेसम्ममा बाँके, बर्दिया र रुकुम पूर्वका ५ जना संक्रमितको मृत्यु भएको हो । बाँकेमा रातभरीमा चार जनाको मृत्यु भएको थियो । रातिसहित जोड्दा नौ जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का ५१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते एन्टिजेन गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको विहान ८.३० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो । उनको विहान ८.३५ बजे मृत्यु भएको छ ।
रुकुम पूर्व पुथा उत्तरगंगाका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख ३१ गते रुकुममा पीसीआर गरिएका उनलाई जेठ १ गते कोहलपुरमा भर्ना गरिएको थियो । उनको विहान ८.४० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको दिउँसो १ बजे मृत्यु भएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको दिउँसो २ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ४५ र बाहिरी जिल्लबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !