बाँकेमा ६ सय २८ जना थपिए

नेपालगञ्ज – बाँकेमा शुक्रबार ६ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा २ सय २७, मेडिकल कलेज, कोहलपुरमा २ सय २८, बागेश्वरी ल्याबमा १ सय ६८ र जमुनाहा नाकामा ५ जना संक्रमित थपिएका छन् ।
भेरीमा ३ सय ४५ जना, मेडिकल कलेजमा २ सय ८४ जना, बागेश्वरी ल्याबमा १ सय ९६ जना र जमुनाहा नाकामा ७१ जनाको जाँच गरिएको थियो । थपिएका ६ सय २८ जनामध्ये ५ सय ४ जना बाँकेका रहेका छन् ।
भेरीमा २ सय ६७, मेडिकल कलेज, कोहलपुरमा ७४, ह्वाइट हाउसमा ४१, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा १४ जना र बाँकी तीन हजार ४ सय ४७ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालमा रहेकामध्ये भेरीमा ९६, मेडिकल कलेज, कोहलपुरमा ३१ र कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ७ जना गम्भीर रहेका छन् । ८ जना विरामी भेन्टिलेटरमा रहेका छन् । शुक्रबार बाँकेका ५ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !