बढ्दैछ, कोरोना ‘जित्ने’को संख्या

फाइल तस्बिर ।

नेपालगञ्ज – बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो हप्तामा ८ सय १७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु अधिकांश होम आइसोलेसनमा बसेका हुन् । कोरोना पुष्टि भएको दश दिनपछि डिस्चार्ज गर्ने गरिएको छ । ‘लक्षण चिन्ह देखिएको छ भने उपचारमा जान्छन्, नर्मल छन् भने १० दिनपछि डिस्चार्ज गर्छौ, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भन्नुभयो ।
बाँकेमा बैशाख १७ गते २ सय ५, १६ गते २ सय ४४ जना, १५ गते ८८ जना, १४ गते १ सय ६ जना, १३ गते १ सय २५ जना, १२ गते १२ जना र ११ गते ३७ जना डिस्चार्ज भएका थिए । जिल्लामा डिस्चार्जको तुलनामा संक्रमण दर बढी देखिन्छ । पछिल्लो हप्तामा ८ सय १७ जना डिस्चार्ज हुँदा तीन हजार २ सय २४ जना थपिएका छन् ।
बैशाख १७ गते ६ सय २८ जना, १६ गते ४ सय ९६, १५ गते ५ सय ५३ जना, १४ गते ५ सय २६ जना, १३ गते २ सय ५६ जना, १२ गते ३ सय ४३ जना र ११ गते ४ सय २२ जना संक्रमित थप भएका छन् ।
संक्रमित अधिकांश लक्षण चिन्ह नदेखिएका छन् । यस अर्थमा जति ठूलो संख्या संक्रमित हुन्छन्, दश दिनपछि त्यति नै संख्यामा डिस्चार्ज हुने देखिएको छ । जिल्लामा तीन हजार ४ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !