भारतबाट आएका खजुराका युवालाई कोरोना

नेपालगञ्ज – भारतबाट आएका खजुराका युवालाई कोरोना देखिएको छ ।
भारतको महाराष्ट्रबाट आएका खजुरा गाउँपालिका वडा नं. ४ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
भारतको महाराष्ट्र, गुजरातलगायत ठाउँबाट आएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच हुने गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले चैत्र महिनामा भारताट आएका ११ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
भारतबाट आएका नेपालीलाई कोरोना देखिएपछि भेरी अस्पताल, नेपालगञ्जमा राख्ने गरिएको छ । अस्पतालमा भने विरामीलाई सराबरी राखेको पाइएको छ ।
फोकलपर्सन वलीले चैत्र महिनामा बाँकेमा एक सय ५५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !