साहु समाजमा पुनः हंसराम

नेपालगञ्ज – साहु समाज समिति, बाँकेको अध्यक्षमा हंसराम साहु पुनः निर्बाचित हुनुभएको छ ।
समाजको १० औं साधारणसभा तथा अधिबेशनबाट हंसरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा बिमल साहु, सचिवमा बाबुराम साहु, सहसचिवमा प्रदीप साहु र कोषाध्यक्षमा रामदिन साहु रहेका छन् । सदस्यमा रामनरेश साहु, प्रल्हाद साहु, ओमकार साहु, मोतीलाल साहु, सिताराम साहु र महिला सदस्यमा सम्मुखिया साहु रहेका छन् ।
नवनिर्बाचित समितिको शनिबारै बसेको बैठकले २ जना सदस्य पनि मनोनित गरेको छ । जसमा राजेन्द्रकुमार साहु र बाबुराम साहु (पेन्टर) रहेका छन् । यसअघि हंसराम साहुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी माधवराम बर्मा रहनु भएको थियो भने उद्घाटन सत्रको संचालन प्रदीप साहुले गर्नुभएको थियो ।
बर्माले साहु समाजद्वारा निर्माण गरिएको राधा कृष्ण मन्दिर तथा उक्त मन्दिरमा स्थापना गरिएको मूर्तिहरु बहुमूल्य भएको भनाई राख्दै साहु समाजद्वारा निर्माण गर्न लागिएको धर्मशालालाई समाजका अग्रजहरुले खुलेर सहयोग गर्न अनुरोध गर्नुभयो ।
जसपा बाँके उपाध्यक्ष राजन रानामगर, नेपालगञ्ज उपमहानगरपालिका ५ नं. वडाका अध्यक्ष कैफुलबरा जोलाह, कार्यपालिका सदस्य कौशल धोबी, नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ता, शिक्षक दिलीप शाहलगायतले धारणा राखेका थिए । कार्यक्रममा विभिन्न अतिथिहरुलाई मायाको चिनो समाजद्वारा प्रदान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !