साताभित्रै अर्को सडकको शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले एकसाताभित्रै दोस्रो सडकको निर्माण शुरु गर्नु भएको छ ।
शुपतिनगरमा ऋचा लुइँटेलको घरदेखि राधास्वामी सत्संग आश्रमसम्म २ सय ४० मिटर आरसिसी र पक्की नाली तीन सय मिटरसहितको अस्फाल्ट सडक सडकको मंगलबार शिलान्यास गरिएको हो ।
वडाध्यक्ष वर्माले केही दिनमै वडाभित्र चारवटा सडकको शिलान्यास गर्नुभएको छ । एक महिना पहिले शिलान्यास भएका दुई सडकको निर्माण कार्य ६० प्रतिशत बढि भइसकेको वडाध्यक्ष बर्माले जानकारी दिनुभयो । ‘अझ धेरै ठाँउमा पक्की सडक निर्माण गर्ने तयारी छ, वडा अध्यक्ष बर्माले भन्नुभयो, शिलान्यास मात्रै होइन, काम पनि तीब्र गतिमा चलेको छ ।’
सिद्धार्थ भ्यूदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो र गुलरिया बाईपासदेखि उत्तर कारकादौ गाउँ भित्र जाने बाटोको निर्माण तिब्र गतिमा अघि बढेको छ । केही दिनमै कालो पत्रे हुने अवस्थामा रहेको छ । यो सँंगसँंगै विभिन्न ठाउँमा पार्क, मन्दिर, पीसीसी सडक, सोलार बत्ती जडान, माटो पटान तथा ग्राबेल, स्वास्थ्य शिविर, बिद्युत पोल जडानलगायतका कार्य पनि भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !